सप्तरीमा पोखरीमा नुहाउने क्रममा दुई बालिकाको मृत्यु

कोल्हवी न्यूज
२०८२ आश्विन ७, मंगलवार १५:३० गते

सप्तरीको सुरुङ्गा नगरपालिकामा पोखरीमा नुहाउने क्रममा दुई बालिकाको मृत्यु भएको छ।

नगरपालिकाको वडा नं. २ हर्दियास्थित अरविन्द चौधरीको पोखरीमा सोमबार साँझ स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया सुस्तिका चौधरी, केशर चौधरीकी ११ वर्षीया आश्की चौधरी र ८ वर्षीया प्रियान्सु चौधरी नुहाउन गएका थिए।

तीनै जना पोखरीमा पसेपछि सुस्तिका र आश्की डुबेर बेपत्ता भएका थिए भने प्रियान्सु भने सकुशल बाहिर निस्किन सफल भइन्। उनको जानकारीपछि स्थानीयले खोजीकार्य गरी दुवै बालिकाको शव पोखरीबाट निकालेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी जितेन्द्र कुमार बस्नेतले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*