जेन-जी प्रदर्शनीको क्रममा मृत्यु हुनेको सङ्ख्या ७२ पुग्यो
भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनीको क्रममा मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ ।
आइतबार प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको जानकारी दिएका हुन् ।
उनका अनुसार ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मीसहित गरेर ७२ जनाले ज्यान गुमाएका छन् । १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।
भ्रष्टाचार र सामाजिक सञ्जाल खोल्नुपर्ने माग राख्दै जेन-जीहरूले भदौ २३ गते प्रदर्शनी गरेका थिए ।
त्यसदिन १९ जनाको मृत्यु भएपछि २४ गते देशभरका सरकारी कार्यालय, प्रहरी कार्यालय, सिंहदरबार, संसद् भवन लगायतमा आगजनी र तोडफोड भएको थियो ।








