कतारको दोहामा इजरायलबाट हमास लक्षित आक्रमण

तस्बिर : एजेन्सी
इजरायलले खाडीको देश कतारमा हमासका वरिष्ठ नेताहरू लक्षित आक्रमण गरेको छ । आक्रमणबाट हमास अधिकारीको अवस्था तत्काल थाहा नभएको तर कम्तिमा छ जनाले ज्यान गुमाएका बीबीसीले जनाएको छ ।
कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले विज्ञप्तिमार्फत् आक्रमणको निन्दा गर्नुभएको छ । हमासका केही वरिष्ठ नेताहरू बस्दै आएको दोहामा रहेको आवासीय मुख्यालयमा आक्रमण भएको उहाँले जानकारी दिनुभएको छ ।
गाजा युद्ध अन्त्य गर्न इजरायल र हमासबीचको वार्ताका लागि कतारले मध्यस्थकर्ताको महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । कतारले इजरायली आक्रमणको निन्दा गर्दै अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन भएको प्रतिक्रिया दिएको छ । एजेन्सी










