मकवानपुरमा माछा मार्ने क्रममा एक युवकको ज्यान गयो

कोल्हवी न्यूज
२०८२ भाद्र २०, शुक्रबार १५:५४ गते

 मकवानपुरको बकैया गाउँपालिका–३ मा माछा मार्ने क्रममा करेन्ट लाग्दा विजय थिङको ज्यान गएको छ।

२४ वर्षीय थिङ बिहीबार स्थानीय च्याउच्याउ खोलामा विद्युत् तार प्रयोग गरी माछा मार्ने प्रयासमा परेका थिए। करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्याइएको भए पनि बचाउन सकिएन।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार मृतकको दाहिने हातको हत्केलामा घाउ देखिएपछि अनुसन्धान गर्दा करेन्टको कारण मृत्यु भएको पुष्टी भएको हो।

घटनास्थल मृतकको घरदेखि करिब दुई किलोमिटर टाढा रहेको प्रहरीले जनाएको छ। सो क्रममा विजयसँग उनका बुवा लालबहादुर थिङ पनि थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*