सिराहाबाट ठूलो परिमाणमा लागूऔषधसहित ४ जना पक्राउ

कोल्हवी न्यूज
२०८२ भाद्र १६, सोमबार १३:५८ गते

 सिराहा जिल्लाको भगवानपुर गाउँपालिकाबाट ठूलो परिमाणमा लागूऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ३ जना भारतीय र १ जना नेपाली नागरिक रहेका छन्। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले भगवानपुर चोक नजिक शंकास्पद अवस्थामा रहेका व्यक्तिहरूलाई जाँच गर्दा खैरो हेरोइन बरामद भएको हो।

पक्राउ परेका व्यक्तिहरूमा भारत, बिहार, मधुबनी जिल्ला, लौकही, घोवयाहीका २४ वर्षीय मोहम्मद मिस्टर, सोही जिल्लाको खुटौना, मुरारपट्टीका ३८ वर्षीय अख्तर हुसेन र लौकही, घोवयाहीकै २३ वर्षीय मोहम्मद मुस्तफा रहेका छन्। यस्तै, नेपाल, सप्तरी जिल्ला, खड्क नगरपालिका–६ का ४२ वर्षीय आबिद हुसेन पनि पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूबाट प्लास्टिकसहित ४१.९७ ग्राम र प्लास्टिकबाहेक ४० ग्राम खैरो हेरोइन फेला परेको प्रहरी जानकारी दिन्छ। पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ। प्रहरीले उनीहरूलाई सिराहा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*