रुबि साहको हत्या प्रकरणमा संलग्न भएको भनिएका लक्ष्मण पासवान आत्मादाहकाे गर्ने क्रममा पक्राउ

कोल्हवी न्यूज
२०८२ भाद्र ११, बुधबार १०:२३ गते

 रौतहटको गौर नगरपालिका ९ मुडवलवा नजिक सुटकेसभित्र मृत अवस्थामा भेटिएकी रुबि साहको हत्या प्रकरणमा संलग्न भएको भनिएका लक्ष्मण पासवानले आज बिहान आफूलाई आगो लगाएका छन्।

माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि बिहान करिब ८ बजे पासवानले आफ्नै शरीरमा पेट्रोल हालेर आगो लगाएका हुन्। गम्भीर घाइते भएका उनलाई स्थानीयको सहयोगमा तत्काल उपचारका लागि अस्पतालतर्फ लगिएको प्रहरीले जनाएको छ।

गत शनिवार राति रुबि साहको शव सुटकेसभित्र फेला परेपछि यस प्रकरणमा लक्ष्मण पासवानमाथि मुख्य संलग्नताको आरोप लागेको थियो। प्रहरीले पासवानले आत्मादाह गर्ने प्रयास गरेको  जनाएको छ । उनको उद्धार गरिएको र हाल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ्  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*