रौतहटमा सुटकेस भित्र मृत भेटिएकी महिलाको पहिचान खुल्यो ।

कोल्हवी न्यूज
२०८२ भाद्र ८, आईतवार १४:४० गते

रौतहट:रौतहटमा सुटकेस भित्र मृत फेला परेको महिलाको सनाखत भएको छ।

आइतबार बिहान जिल्लाको गौर-सिरसिया सडक खण्डमा सुटकेसभित्र मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुलेको प्रहरीले जनाएको छ।

जिल्लाको माधवनारायण नगरपालिका-६ #माधोपुर माइत भई हाल गौर नगरपालिका-२ महादेवपट्टीमा डेरा गरी बस्दै आएकी २६ वर्षीया रुबिकुमारी साह सुडि रहेको रौतहटका #डिएसपी राजु कार्कीले जानकारी दिएका छन्।

सुटकेस भित्र मृत फेला परेकी महिला #भारतको मुज्जफरपुर जिल्ला रक्साटोलका शिवसागर साहको श्रीमती रुबिदेवि साह रहेको पुष्टि भएको डिएसपी कार्कीले बताए।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार माधवनारायण नगरपालिका-६ माधोपुरका रामविनोद साह सुडीको छोरी रुबिकुमारीको भारतको मुज्जफरपुर जिल्लाका रक्साटोलका शिवकुमार संग विवाह भएको थियो ।

आफ्ना चार वर्षको छोरालाई पढाउन रुविकुमारी आफ्ना आमासँग केही वर्षदेखि गौर नगरपालिकाको महादेवपट्टिमा डेरा लिएर बस्दै आएकी थिइन्।

स्थानीयका अनुसार राम विनोद साह सुडी आजभन्दा ३० वर्षअघि देखि नै माधोपुर गाउँ छाडेर स-परिवार #भारतमा नै बस्दै आएका छन्।व्युटिपार्लर जान्छु भनी हिजो साझ ६ बजे रूबिकुमारी डेराबाट बाहिर निस्केकी थिइन्।

उनी राति साढे १० बजेतिर गौर नगरपालिका-९ मुडवलवा मोड नजिक सडक किनारमा रसिले बाँधिएको सुटकेस भित्र मृत अवस्थामा रुबिकुमारिको शव भेटिएको थियो।

घटनाको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएको प्रहरी टोलीले मुचुल्का गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*