आज राष्ट्रिय युवाकवि मोतिराम भट्टको १६०औँ जन्मजयन्ती मनाइँदै

कोल्हवी न्यूज
२०८२ भाद्र ७, शनिबार ०६:५९ गते

राष्ट्रिय विभूति युवाकवि मोतिराम भट्टको १६०औँ जन्मजयन्ती आज देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

१९२३ साल भदौ कृष्ण कुशे औँसीका दिन जन्मेर १९५३ साल भाद्रकृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतिराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्‍याउनुभएको थियो ।

नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतिराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याउनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*