बाराको परवानीपुर गाउँपालिकामा पिकअप गाडीको ठक्करबाट ९० वर्षीय पैदलयात्रीको मृत्यु

कोल्हवी न्यूज
२०८२ भाद्र ३, मंगलवार १५:४९ गते

 बाराको परवानीपुर गाउँपालिका–५ बहुअरीमा पिकअप गाडीको ठक्करबाट ९० वर्षीय पैदलयात्रीको मृत्यु भएको छ।

प्रहरीका अनुसार, प्र.२–०३–००१ च १७९४ नम्बरको पिकअपले कुवर राउत कुर्मीलाई ठक्कर दिएको थियो। उनलाई गम्भीर घाइते अवस्थामा उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पताल लगिएको थियो, तर सोमबार साँझ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

घटना पछि पिकअप चालक फरार भएको छ र प्रहरीले उनको खोजी कार्य जारी राखेको छ। सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*