पूर्वी नवलपरासीको नारायणी नदीमा एक बालकको शव फेला

कोल्हवी न्यूज
२०८२ भाद्र २, सोमबार ०७:३४ गते

पूर्वी नवलपरासीको नारायणी नदी किनारमा आइतबार एक बालकको शव फेला परेको छ ।

जिल्लाको मध्यबिन्दु नगरपालिका–१२ मा भेटिएको शव करिब १० वर्षको जस्तो देखिने बालकको भएको प्रहरीले जनाएको छ । शव सडेगलेको अवस्थामा भेटिएको र अहिलेसम्म पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मशु नेपालले जानकारी दिए ।

यसअघि शनिबार मात्रै नवलपुरकै गैंडाकोटस्थित नारायणी किनारमा एक पुरुषको शव फेला परेको थियो । लगातार दुई दिनमा शव फेला परेपछि स्थानीयवासीमा त्रास फैलिएको छ ।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*