रौतहटमा पत्रकार तिवारिलाई समाचार प्रकाशन गरेको भन्दै का.वा मेयरका छोराले गर्यो अभद्र व्यबहार
रौतहट:रौतहटको फतुवा विजयपुर नगरपालिकामा भ्रष्टाचारका मुद्दा प्रकाशन गरेको भन्दै का.वा मेयर अम्बेया खातुनको छोराले पत्रकार तिवारी माथी अभद्र व्यवहार गरेका छन।दिनानुदिन सार्वजनिक भइरहेका बेला पत्रकारलाई नै दोष थोपर्ने डर देखाउने र दवाव दिने प्रवृत्ति तीव्र बन्दै गएका छन् ।
नगरपालिकामा इन्धन देखि लिएर यातायात भुक्तानी, सार्वजनिक खरिद प्रक्रिया र विकास बजेट सम्मका अनियमितता बाहिरिए पछि जनप्रतिनिधि र कर्मचारीहरू कचपचिएको अवस्थामा दोष पत्रकार माथि थुपारेर दुव्र्यवहार गर्नु साह्रै निन्दनीय रहेका हुन् ।
शुक्रबार साँझ सो नगरपालिकाकी कार्यवाहक मेयर अम्बिया खातुनका छोरा मोहम्मद सनाउल्लाहले प्रेस चौतारी नेपाल रौतहटका उपाध्यक्ष तथा पत्रकार कृष्ण तिवारीमाथि खुलेआम दुव्र्यवहार गरे ।“मेरो आमा विरुद्ध किन समाचार लेखेको ?” भन्दै पत्रकारलाई गालीगलौज मात्र नभई हातपात गर्न समेत खोजिएको तिवारीले बताए ।
महालेखा परिक्षक कार्यालयले इनधन, यातायातमा अकुत खर्च गरेको भन्दै उक्त रकम असुलउपर गर्न राय दिएको समाचार लेखेको निहुँमा पत्रकार तिवारीलाई कार्यवाहक मेयर पुत्रले अपशब्द प्रयोग गर्दै धम्की दिने दुस्साहस देखाएका थिए ।
पत्रकार तिवारीले भने,“यो मेरो व्यक्तिगत मात्र नभई सम्पूर्ण पत्रकारिता क्षेत्र माथिको आक्रमण हो।भ्रष्टाचार उजागर गर्ने पत्रकारलाई धम्क्याउनु लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रता माथिको खुला प्रहार हो।
फतुवा विजयपुर नगरपालिकामा पछिल्ला महिनायता निरन्तर रुपमा अनियमितता र भ्रष्टाचारका समाचार सार्वजनिक हुँदै आएको छ। तीन दिनअघि मात्रै केही पत्रकारलाई पैसा दिएर आफ्नो पक्षमा समाचार लेखाउन खोजिएको समेत खुलासा भएका थिए।यसरी पैसाको प्रलोभन देखाएर पत्रकारिताको मर्यादा तोड्ने प्रयासले स्थानीय तहको वास्तविक चरित्र अझै नाङ्गो पारेको छ।
स्थानीयवासीहरूले जनप्रतिनिधिहरु नगरपालिकालाई निजी सम्पत्ति झैँ चलाएको आरोप लगाउँदै आएका छन्।सार्वजनिक बजेट अपारदर्शी, योजनाहरू कागजमै सीमित,ठेक्का प्रक्रियामा मिलेमतो जस्ता गम्भीर प्रश्न उठिरहँदा उल्टै पत्रकारलाई धम्क्याउनु भ्रष्टाचार ढाकछोप गर्ने असफल प्रयास भएको उनीहरूको टिप्पणी छ।
प्रेस चौतारी नेपाल रौतहटले घटनाको तीव्र भत्र्सना गर्दै दोषीलाई तत्काल कानूनी कारबाही गर्न माग गरेको छ।संगठनले पत्रकारलाई डर देखाउने प्रवृत्ति रोकिनुपर्ने,पत्रकारिताको स्वतन्त्रता र सुरक्षाको ग्यारेन्टी गर्न राज्य गम्भीर हुनुपर्ने चेतावनी दिएको छ ।










