रौतहटको धरहरीमा मेला उद्घाटनलाई लिएर झडप, मेयर प्रहरी सहित तीनजना घाइते

कोल्हवी न्यूज
२०८२ श्रावण ३१, शनिबार १७:११ गते


सन्जय मिश्रा:रौतहट:रौतहटको देवाही गोनाही नगरपालिका–९ धरहरीमा आयोजित श्रीकृष्ण जन्माष्टमी मेलामा उद्घाटनको विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ।

श्रीराम जानकी ब्रह्माबाबा मठमा आयोजना गरिएको मेलामा मेयर प्रेमलाल साह र स्थानीय रामबिनोद साह पक्षबीच विवाद उत्पन्न हुँदा झडप भएको हो।

मेयर प्रेमलाल साह मेलाको उद्घाटन गर्न मठ परिसरमा पुगेपछि रामबिनोद साह पक्षले विरोध गर्दै उद्घाटन हुन नदिने अडान लिँदा दुबै पक्षबीच हातापाई भएको हो। झडप नियन्त्रण गर्ने क्रममा मेयर साह संगै ईलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी जवान द्धय धन सुन्दर ठाकुर र जगदिश यादव समेत घाईते भएको रौतहट प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीले न्युज कारखाना लाई बताएका छन्।

घाइते मेयर प्रेमलाल साह र दुवै प्रहरी जवानको गरुडा स्थित एक निजी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा रामबिनोद साह, उनका करिब १६ वर्षीय छोरा रितिक साह र भाइ राधामोहन साहलाई प्रहरीले घटनास्थलबाट नियन्त्रणमा लिएको छ। पक्राउ परेका तीनैजना ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो घटना स्थानीय राजनीतिक प्रतिद्वन्द्विता र सामाजिक प्रतिष्ठासँग जोडिएको देखिन्छ।मेलाको उद्घाटन गर्ने अधिकार स्थानीयस्तरमा सम्मान र प्रभावसँग जोडिने भएकाले विवाद चर्किएको बुझिन्छ।
सामाजिक मेलाजात्रा राजनीतिकरण हुँदै जाँदा धार्मिक–सांस्कृतिक उत्सव कलहको केन्द्र बन्दै गएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*