टेक्सासमा गोली हानाहान: तीनको मृत्यु, एक जना पक्राउ

कोल्हवी न्यूज
२०८२ श्रावण २८, बुधबार ०७:४९ गते

टेक्सासस्थित अस्टिनको उत्तरी भागमा रहेको एउटा पसलभित्र भएको गोली हानाहानमा तीन जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन्। अमेरिकी प्रहरीले घटनामा संलग्न संदिग्ध व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिएको छ।

प्रहरीका अनुसार, रिसर्च बुलेभार्डमा अवस्थित टार्गेट स्टोरमा गोली हानाहान भएको खबर पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यहाँ गोली लागेर घाइते भएका तीन जना व्यक्ति फेला परेका थिए।

घटनापछि एक ३२ वर्षीय संदिग्धले स्टोरको पार्किङमा रहेको एउटा कार चोरी गरी भागेका थिए। मृत्यु भएकामध्ये एक जना सोही चोरी भएको गाडीका मालिक थिए। प्रहरीले पछि संदिग्धलाई भाग्ने प्रयास गरिरहेको बेला नियन्त्रणमा लिएको हो। प्रहरीले घटनाको उद्देश्य पत्ता लगाउन अनुसन्धान जारी राखेको छ।

अमेरिकामा बन्दुक हिंसा एउटा गम्भीर सुरक्षा र सामाजिक संकटको रूपमा रहेको छ। बारम्बार हुने सामूहिक गोलीबारीका कारण गहिरो मानवीय, आर्थिक र मनोवैज्ञानिक क्षति पुग्ने गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*