रौतहटको फतुवा-बिजयपुरमा इन्धन खर्चमा अनियमितता, का.वा मेयर संग ७ लाख१४ हजार असुल गर्न माहालेखाको सिफारिस
रौतहट:रौतहटको फतुवा-बिजयपुर नगरपालिकामा इन्धन खर्च र यातायात भुक्तानी प्रक्रियामा अनियमितता भएको खुलेको छ।
महालेखा परीक्षकको कार्यालयले कार्यवाहक मेयर अम्बेया खातुन संग ७ लाख १४ हजार रुपैयाँ असुल गर्न सिफारिस गरेको हो। का.वा मेयर खातुन र प्रमुख प्रशासकीय अधिकृत भारत यादवले पत्रकार सम्मेलन गरेर आफूहरुले कुनै भ्रष्टाचार नगरेको,नियम कानुन मिचेर कुनै काम नगरेको बताएका चारदिन नबित्दै महालेखा परीक्षकको कार्यालयले गरेको सिफारिस बाहिरिएको छ।
PAMS प्रणालीमार्फत माग फाराम स्वीकृत गर्ने,खर्च लेख्ने र इन्धन आपूर्तिकर्तासँगको कारोबारमा पालिकाको ध्यान नजाँदा आर्थिक अनियमितताको देखिएको हो।
जाँचको क्रममा,नेपाल आयल निगमले तोकेको दरमा इन्धनको बिल जारी नगरी लामो अवधिको (backdated) बिल जारी गरिएको र सोही आधारमा भुक्तानी गरिएको पाइएको छ। यसले तोकिएको दरभन्दा बढी भुक्तानी देखिएको छ।
परीक्षण गरिएका ६ महिनामा कुनै पनि सवारी साधनको लागि इन्धनको मासिक मापदण्ड तयार नगरिएको,सवारी साधनको लगबुक नभरिएको,कुपन खाली रहेको,कुपन नदिएको तथा प्रयोग विवरण नदिइएकाले इन्धन खर्च मितव्ययी र उपयुक्त रहेको छ भन्ने प्रमाणित गर्न नसकिने अवस्था देखिएको छ।
अझै हास्यास्पद कुरा,भौचर नं. २८–२०८०१२१९१ अन्तर्गत १४ महिनाको यातायात खर्च शीर्षकमा पालिकाकी उपप्रमुख हाल कार्यवाहक मेयर अम्बेया खातुनलाई ७ लाख,१४,हजार भुक्तानी गरिएको पाइएको छ।
उपप्रमुखलाई पहिलेनै पालिकाबाट यातायात साधन उपलब्ध गराइएको हुँदा यो खर्च लिन मिल्दैन भन्ने जाँच समितिको निष्कर्ष छ। यसरी दोहोरो यातायात भत्ता र इन्धन वापतको रकम असुल गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयद्वारा असुल उपरका लागि सिफारिस गरिएको छ।
उता प्रमुख प्रशासकीय अधिकृत भारत यादव पनी कावा मेयर संग मिलेर अनेक भ्रष्टाचार गरिरहेका छन्। बारा सदरमुकाम कलैया बसेर दैनिक नगरपालिका आउन जान गाडी तेल दुरुपयोग गरिरहेको स्थानीयहरूले बताएका छन्।
फतुवा बिजयपुर नगरपालिकामा यस प्रकारका खर्च व्यवस्थापन प्रणालीमा सुधार नगरेसम्म अनावश्यक खर्च र सार्वजनिक धनको दुरुपयोग रोक्न सकिँदैन।
२०७९ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको टिकटबाट फतुवा बिजयपुर नगरपालिकामा मेयर पदमा गोपाल प्रसाद यादव, उपमेयरमा अम्बेया खातुन सहित ७ जना वडा अध्यक्ष निर्वाचित भएका थिए।२०८० सालमा बिशेष अदालतबाट दोषी ठहर भएर तत्कालीन मेयर यादवको पद गुमेसंगै उपमेयर खातुन कार्यवाहक मेयरको जिम्मेवारी पाएपछी नगरपालिकामा चौतर्फी बेथिती देखिएको छ।
कार्यवाहक मेयर खातुन बजेट भागबण्डामा अल्झिने गरेको कारण समयमा नगरसभा हुँदैन।उनको श्रीमानको कमिसन मोहको कारण गत आर्थिक बर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत तीनवटा बिद्यालय भवन निर्माणका लागि आएको १ करोड ६५ लाख रुपैयाँ फ्रिज भएको थियो।
गत असार १० गते हुनुपर्ने नगरसभा हालसम्म हुनसकेको छैन। चारदिन अघी आएको मन्त्रालयको टोलीले फतुवा बिजयपुर नगरपालिकाका सबै जनप्रतिनिधि लाई बैठक राखेर छलफल गराउँदा यहि ३० गते अर्थात पर्सि नगरसभा हुने सहमती भएको छ।










