विदेशी युवामा बढ्दै भारतीय संस्कृति प्रतिको आकर्षण:डा. चिन्मय पण्ड्या

कोल्हवी न्यूज
२०८२ श्रावण २७, मंगलवार १६:२७ गते

सञ्जय मिश्रा,रौतहट:पश्चिमी मुलुकका युवा हाल भारतीय संस्कृति र जीवनशैलीतर्फ तीव्र रूपमा आकर्षित भइरहेका छन्।योग,ध्यान र अध्यात्मजस्ता विषयप्रति उनीहरूको गहिरो चासो विकसित भइरहेको छ।यो धारणा देवसंस्कृति विश्वविद्यालयका प्रतिकुलपति तथा युवा आइकन डा.चिन्मय पण्ड्याले व्यक्त गर्नुभयो,जो हालै आफ्नो अठार दिने विदेश भ्रमण पूरा गरेर स्वदेश फर्किनुभएको हो ।

हरिद्वार फर्केपछि आयोजित एक संगोष्ठीमा बोल्दै डा.पण्ड्याले युरोप,अमेरिका,क्यानडा,बेलायत र लातभिया लगायतका देशमा भारतीय संस्कृतिप्रति नयाँ चेतना र उत्सुकता बढिरहेको बताए । विशेषगरी युवापुस्तामा भारतीय मूल्य र जीवनदर्शनप्रतिको आकर्षण उल्लेख्य रूपमा बढेको उहाँको भनाइ छ ।

भारतीय सांस्कृतिक विरासत युवाको प्रेरणा डा.पण्ड्याका अनुसार ती मुलुकहरूमा आयोजित संवाद कार्यक्रम,संगोष्ठी तथा यज्ञीय आयोजनोंका क्रममा युवाले योग र ध्यानलाई केवल शारीरिक व्यायामका रूपमा मात्र नभई समग्र जीवनशैलीका रूपमा स्वीकार गर्न थालेका छन्।सन्तुलित आहार,संयमित व्यवहार र प्रकृतिसँग सामञ्जस्यपूर्ण जीवन जिउने भारतीय जीवन दृष्टिकोण उनीहरूका लागि प्रेरणाको स्रोत बन्दै गएको छ।युरोपका युवामा भौतिकताबाट उत्पन्न तनाव र एक्लोपनको गहिरो असर देखिने र त्यसबाट मुक्त हुन उनीहरू भारतीय संस्कृति र आध्यात्मतर्फ आकर्षित भइरहेका डा.पण्ड्याले बताए ।

देवसंस्कृति विश्वविद्यालयको भूमिका डा.पण्ड्याका अनुसार देवसंस्कृति विश्वविद्यालयले वैश्विक स्तरमा भारतीय संस्कृतिको प्रचार–प्रसारमा अग्रणी भूमिका खेल्दै आएको छ।विश्वविद्यालयले भारत लगायत विभिन्न मुलुकमा सेमिनार,योग शिविरलगायतका माध्यमबाट विदेशी युवालाई भारतका प्राचीन परम्पराहरूको ज्ञान दिँदै आत्मविकासको बाटो देखाइरहेको छ।

ज्योति कलश यात्रामा युवाको सहभागिता डा.पण्ड्याले २०२६ साल वन्दनीय भगवती देवी शर्माजीको जन्मशताब्दी वर्षका अवसरमा भारतसहित विभिन्न देशमा ज्योति कलश यात्रा सञ्चालन भइरहेको जानकारी दिए।यस अन्तर्गत शिकागो,क्यानडा,विनिपेग आदि स्थानमा युवाको विशेष सहभागिता रहेको उहाँले बताए ।

संस्कृतिको वैश्वीकरण र परम्पराको आदान–प्रदान डा.पण्ड्याले भारतीय संस्कृतिको वैश्वीकरण नयाँ कुरा नभए पनि अहिले यो व्यवस्थित र उद्देश्यपूर्ण अभियानको रूप लिँदै गएको बताए।उहाँले आगामी वर्षहरूमा भारतीय संस्कृति र आध्यात्मिकताले विश्वभर अझ प्रभावशाली छाप छोड्ने र यसमा भारतीय युवा पुस्ताको भूमिका अत्यन्त महत्वपूर्ण रहने विश्वास व्यक्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*