८९९ रुपैयाँमा डिसहोम फाइबरनेटको १०० एमबिपिएस इन्टरनेट

कोल्हवी न्यूज
२०७८ आश्विन २०, बुधबार ०६:१८ गते

विगत ११ वर्ष देखि पे टिभी इन्डस्ट्रीमा आफ्नो बेग्लै पहिचान बनाउन सफल डिस मिडिया नेटवर्क लिमिटेडले पछिल्लो समय इन्टरनेट सेवालाई देशभर विस्तार गरिरहेको छ। इन्टरनेट वितरणको सुरुवाती चरणमा नै गुणस्तरीय र उत्कृष्ट सेवा मार्फत उल्लेख्य ग्राहकहरूको रोजाइमा डिसहोम फाइबर नेट पर्न सफल भएको कम्पनीले जनाएको छ।

अव ग्राहकहरूलाई उत्कृष्ट तथा उच्च गतिको इन्टरनेट सबै भन्दा कम मूल्यमा डिसहोम फाइबर नेटले प्रदान गर्ने भएको छ। ग्राहकहरूले मासिक मात्र रु ८९९ मानै १०० एमबिपिएस इन्टरनेटको मज्जा ५ जी ड्युल ब्यान्ड राउटरको साथमा लिन सकिने छ।

१०० एमबिपिएस इन्टरनेट सबै भन्दा सस्तो मूल्यमा जडान गरी स्पेन घुम्न जाने मौका पनि ग्राहकहरूले प्राप्त गर्ने सक्नेछन्। २०७८ असोज ११ गते देखि “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना सञ्चालन भईरहेकोछ यो योजना अन्तरगत डिसहोम फाइबर नेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरू स्पेन घुम्न जान पाउने छन्।

स्पेन जाने चार भाग्यशाली विजेताहरूको छनौट लक्की ड्र मार्फत गरिने छ। लक्की ड्रको प्रत्यक्ष प्रसारण रमाइलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिसहोमको अन्य च्यानलहरूमा हुने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*