अमेरिकाको स्वास्थ्य विभागले २२ वटा खोप परियोजना रोक्ने निर्णय

कोल्हवी न्यूज
२०८२ श्रावण २२, बिहीबार ०८:०० गते

एजेन्सी

अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागले विभिन्न भाइरसविरुद्ध विकास भइरहेका २२ वटा खोप परियोजना रोक्ने निर्णय गरेको छ ।

अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ.केनेडी जुनियरले कोरोना, फ्लुजस्ता श्वासप्रश्वाससम्बन्धी भाइरसविरुद्ध विकास भइरहेका खोप परियोजनाअन्तर्गत कुल ५० करोड डलरको अनुदान रद्द गर्ने निर्णय गर्नुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।

केनेडीले खोपलाई समस्याग्रस्त भन्दै नयाँ सुरक्षित विकल्पहरूमा प्राथमिकता दिने बताउनु भएको छ ।

स्वास्थ्य विज्ञहरूले भने यो निर्णय अत्यन्तै खतरनाक भनेका छन् । प्रख्यात खोप विज्ञ डा.पाँल अफिट र महामारी विशेषज्ञ माइक ओस्टरहोमले खोपले लाखौंको ज्यान बचाएको र भविष्यको महामारी नियन्त्रणमा यसको भूमिका महत्त्वपूर्ण हुने बताउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*