हलेसी मन्दिर दर्शन गरेर सिरहातर्फ फर्किरहेको यात्रुबाहक माइक्रोबस दुर्घटना: एकको मृत्यु, १४ जना घाइते

कोल्हवी न्यूज
२०८२ श्रावण १९, सोमबार १६:२८ गते

 विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिर दर्शन गरेर सिरहातर्फ फर्किरहेको एउटा यात्रुबाहक माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

मध्यपहाडी लोकमार्गअन्तर्गतको जयराम–हलेसी सडकखण्डको कदुवास्थित डौँठेखोला नजिकै प्रदेश २–०–१–००१ ज ००५३ नम्बरको माइक्रोबस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा परेका यात्रुहरू बोलबम मेला भरेर फर्किएका दर्शनार्थी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर घाइते भएकामध्ये ६ जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई थप उपचारका लागि काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ। यस्तै, अन्य ६ जनाको घुर्मीस्थित जनसेवा पोलिक्लिनिकमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ।

माइक्रोबसमा चालकसहित १६ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*