रूसको ब्ल्याक सी रिसोर्ट शहरको ठूलो तेल डिपोमा आगलागी : युक्रेनी ड्रोन आक्रमण भएको आरोप

कोल्हवी न्यूज
२०८२ श्रावण १९, सोमबार १२:०१ गते

एजेन्सी

रूसको ब्ल्याक सी रिसोर्ट शहर सोची नजिक रहेको एउटा ठूलो तेल डिपोमा आगलागी भएको छ । यसलाई रूसले युक्रेनी ड्रोन आक्रमण भएको आरोप लगाएको छ । ड्रोनको टुक्राले इन्धन ट्याङ्कीमा लागेर आगलागी भएको क्रास्नोडार क्षेत्रका गभर्नर भेनियामिन कन्द्रात्येभलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सोचीमा भएको आक्रमण युक्रेनबाट सप्ताहन्तमा भएका एकसाथ थुप्रै ड्रोन आक्रमणमध्ये एक भएको रुसले बताएको छ । रूसी रक्षा मन्त्रालयले कूल ९३ युक्रेनी ड्रोनहरू जफत गरिएको दाबी गरेको छ, जसमा ६० ड्रोन ब्ल्याक सी क्षेत्रमाथि उडिरहेका थिए । युक्रेनी हवाई सेनाले रूसले पनि थुप्रै ड्रोन र सात वटा मिसाइल प्रहार गरेको अनि तीमध्ये ६१ वटा रोकिएको जनाएको छ ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अन्तर्राष्ट्रिय प्रतिबन्ध थप कडा पार्न आह्वान गर्नुभएको छ । त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि रूसको व्यवहारको निन्दा गर्दै नयाँ प्रतिबन्ध लगाउनसक्ने सङ्केत गर्नुभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*