‘बहुविवाह वैधता आम महिलाको अपमान हो’ : अभिनेत्री केकी अधिकारी

कोल्हवी न्यूज
२०८२ श्रावण १९, सोमबार ११:४८ गते

यतिबेला एउटा नयाँ कानुन प्रस्ताव हुने कुराले सडक, सामाजिक सञ्जालदेखि सदनसमेत तातेको छ ।

यसैबीच, अभिनेत्री केकी अधिकारीले पनि बहु विवाह वैधताको विरोध गर्दै एउटा स्टाटस शेयर गरेकी छिन् । जसमा उनले उक्त कानुन प्रस्ताव गर्नु भनेको आममहिलाको अपमान भएको बताएकी छिन् ।

यस्ता कानुन कसैको हितभन्दा पनि कानुनी संरक्षणमा पुरुषलाई सामाजिक अपराध गर्न छुट दिने प्रावधान भएको भन्दै अभिनेत्री अधिकारीले उक्त प्रस्तावप्रति आपत्ति जनाएकी छिन् । उनले बहुविवाहलाई वैध बनाउने प्रयास समाजलाई पछाडि फर्काउने दुस्साहस भएको बताएकी छिन् । यसको साथै उनले यस्तो कानुन नल्याउन पनि सल्लाह दिएकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*