सिराहमा ठूलो परिमाणमा गाँजासहित ९ जना पक्राउ

कोल्हवी न्यूज
२०८२ श्रावण १७, शनिबार १५:४६ गते

सिरहा जिल्लाको औरही गाउँपालिका–४ कमलपुरबाट प्रहरीले शनिबार बिहान ठूलो परिमाणमा गाँजासहित ९ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ परेकाहरूबाट पाँच बोरा गाँजा बरामद गरिएको छ, जसको कुल तौल १०३ किलो छ।

पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका–१ का जयराम जोशी, शिवकुमार सदा, कृष्ण सदा, सुरज सदा र पशुपति सदा रहेका छन्। यस्तै, सोही स्थानका जीवछ साह, औरही गाउँपालिका–३ का राजेन्द्र यादव  पनि पक्राउ परेका छन्।

यसबाहेक भारतको बिहार अन्तर्गत मधुवनी जिल्लाको कुमरखद ग्राम पञ्चायत–१४ का वैजनाथ चौधरी र रमेश कामत  समेत पक्राउ परेका छन्, जसले सीमापार लागुऔषध कारोबारमा भारत–नेपाल संलग्नता देखाएको प्रहरीको भनाइ छ।

प्रहरी उपरीक्षक अनन्तराम शर्माले घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्। पछिल्लो समय सीमावर्ती क्षेत्रमा लागुऔषध तस्करी बढ्दै गएकाले प्रहरीको निगरानी कडा बनाइएको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*