गाजामा भोकमरीको समस्या बढ्दो

कोल्हवी न्यूज
२०८२ श्रावण १७, शनिबार १५:३८ गते

तस्बिर : एजेन्सी

राहतकर्मीहरूले गाजाका झन्डै १० हजार भोकमरी पीडित परिवारलाई खाद्यान्न किन्नका लागि नगद सहयोग दिएका छन् । तर, बजारमा खाद्यान्न उपलब्कध नहुँदा खरिद गर्न कठिनाइ भएको छ ।

संयुक्त राष्ट्रको मानवीय सहायता समन्वय कार्यालयका अनुसार बजारमा खाद्यन्न निकै कम छ र उपलब्ध खाद्यन्नको मूल्य धेरै अस्थिर छ । धेरै मानिस लागि खाद्यन्न किन्ने पहुँच बाहिर छन् । इजरायलले राहत सामग्री पठाउन केही अनुमति दिए पनि गाजामा आवश्यक सहयोग पर्याप्त रूपमा पुग्न सकेको छैन ।

सहायता सामग्री लैजाने गाडीहरू तोकिएका बाटोमा अवरोध र जोखिमको सामना गरिरहेका छन् । धेरै महिनादेखि खाद्यान्न अभावले जनजीवन झनै कठिन बनेको छ । खाना खोज्न जाँदा धेरै मानिस घाइते वा मारिएका छन् । विगत दुई दिनमा मात्रै सयभन्दा बढी मानिसहरू खाद्यान्न ढुवानी मार्ग वा इजरायली सैनिक वितरण केन्द्र नजिकै मारिएका छन् ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*