बारामा ऐलानी जग्गा विवादले हिंसात्मक रूप लिँदा एक व्यक्तिमाथि कोदालो प्रहार

कोल्हवी न्यूज
२०८२ श्रावण १६, शुक्रबार १५:३४ गते

बाराको बारागढी गाउँपालिका–३, सुन्दरपुरमा ऐलानी जग्गा विवादले हिंसात्मक रूप लिँदा एक व्यक्तिमाथि कोदालो प्रहार गरिएको छ। घटना सम्बन्धमा ७ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दर्ता गरिएको छ।

४० वर्षीय नन्दलाल चौधरी र २७ वर्षीय हरिन्द्र पासवानले दिएको जाहेरीमा उल्लेख भएअनुसार २५ असारको दिउँसो १२:३० बजे रामएकवाल चौधरी २० वर्षदेखि जोतभोग गर्दै आएको जग्गामा पुगेका थिए। सो क्रममा जलिम अख्तर मियाले ती जग्गा आफूले कब्जा गरेको दाबी गर्दै विवाद सुरु गरेका थिए।

जाहेरी अनुसार जलिमले अन्य व्यक्तिहरूलाई बोलाएर रामएकवाललाई घेराबन्दी गरेपछि विवाद उग्र भएको थियो। त्यही क्रममा शिवचन्द्र यादवले रामएकवालको टाउकोमा कोदालो प्रहार गरी गम्भीर घाइते बनाएको आरोप छ। झडपमा रामएकवालका छोरा दीपेन्द्र चौधरी पनि घाइते भएका छन्।

रामएकवालको काठमाडौंस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। उनका दाजु चन्देश्वर चौधरीले आर्थिक अभावका कारण उपचारमा समस्या भइरहेको बताए। “औषधि किन्न समेत पैसा छैन, प्रहरी प्रशासनले दुई लाख रुपैयाँ उठाएर सहयोग गर्ने भने पनि हालसम्म केही आएन,” उनले गुनासो गरे।

जाहेरीमा ७ जनाको नाम उल्लेख गरिएको छ  बिहारी पण्डित , गोरख पण्डित , ओकिल मिया , जमिल अख्तर मिया , शिवचन्द्र यादव , सलाउद्दिन मिया  र अलाउद्दिन मिया स्थानीय बासिन्दाहरूले घटना गम्भीर भए पनि आरोपितहरू खुलेआम हिँडिरहेको भन्दै सुरक्षा निकायप्रति असन्तुष्टि जनाएका छन्।

यस विषयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङले भने आफू अनविज्ञ रहेको प्रतिक्रिया दिएका छन्।पीडित परिवारले तत्काल न्यायको माग गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*