बर्दिबासमा किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक चिकित्सक पक्राउ

कोल्हवी न्यूज
२०८२ श्रावण ८, बिहीबार १६:२० गते

१६ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको र गर्भपतन गराएको आरोपमा प्रहरीले एक जना चिकित्सकलाई पक्राउ गरेको छ।

बर्दिबासको डी एन् बी मेडिकेयर सेन्टरमा कार्यरत ४१ वर्षीय एक चिकित्सकलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले दिएको जानकारी अनुसार मिश्र थरका ति चिकित्सक साउन ५ गते सोमबार पक्राउ परेका हुन्।

किशोरीको परिवारले दिएको जाहेरी पछि चिकित्सकलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार सर्लाही घर भएका ति चिकित्सकमाथि सुरुमा जबरजस्ती करणीको आरोप र त्यसपछि १० हप्ताको गर्भपतन पनि गराएको आरोप रहेको छ।

किशोरीको परिवारले इलाका प्रहरी कार्यालय बर्दिबासमा जबर्जस्ती करणीको उजुरी दिएपछि पक्राउ परेर अनुसन्धान अगाडि बढेको हो,’ उनले भने।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*