धनुषामा मिटर ब्याज पीडित ३४ वर्षीया महिलाले गरिन आत्महत्या

कोल्हवी न्यूज
२०८२ श्रावण ५, सोमबार १६:३१ गते

धनुषामा मिटर ब्याज पीडित महिलाले आत्महत्या गरेकी छन्। जिल्लाको मिथिला नगरपालिका ८, जमुनिबास बस्ने ३४ वर्षीया बिमला कुमारी ध्रोङचिङ मगरले साहुको नाममा ‘सुसाइड नोट’ लेख्दै आत्महत्या गरेकी हुन्।

साउन १ गते बिहानको समयमा मगरले आफु पढाउने श्री जनता राष्ट्रिय आधारभूत विद्यालयको बाल विकास कक्षा कोठाभित्र झुण्डिएर आत्महत्या गरेपछि प्रहरीले साहुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ९ बस्ने ५५ वर्षीय राजकिशोर यादव रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए। यादवलाई घटनाको दोस्रो दिन साउन २ गते बिहानको समयमा पक्राउ गरिएको हो। यादवको घरबाट विभिन्न व्यक्तिहरुको नामको सक्कल र प्रतिलिपि कपाली तमसुक कागज ९ थान, सक्कलै जग्गाधनी प्रमाणपत्र २३ थान, बैँक भाउचर र विभिन्न व्यक्तिहरुको नाउँको चेक बरामद गरिएको हो।

मगरले आरोपित यादवसँग एक पटक १ लाख ५० हजार र एक पटक १ लाख ७० हजार गरी ३ लाख २० हजार रुपैयाँ लिएकी थिइन।

महिलाले एक पटक २० लाख र दुई वर्षभित्र थप ३० लाख गरी ५० लाख रुपैयाँ असुल गरेका थिए। यादवले मृतकबाट महालक्ष्मी विकास बैँक र कृषि विकास बैँकको ५ वटा चेक समेत लिएका थिए। यादवले दुई पटक चेक बाउन्स गराइसकेको र अब गराएपछि प्रहरीले समात्ने डरले महिलाले साहुको नाममा ‘सुसाइड नोट’ लेख्दै आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएका छन्।

प्रवक्ता सिंहले महिलालाई साहुले आर्थिक रुपले ब्लाकमेल गर्दै पटक–पटक मांसिक यातना, धाक धम्की र बेइज्जती गर्ने चेतावनी दिएपछि त्यही निरन्तर दबाबको कारण महिलाले आत्महत्या गर्न बाध्य भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।-देशसञ्चारबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*