मुग्लिन–नारायणगढमा गुडिरहेको कारमाथि अचानक ढुंगा खस्दा तीन जना घाइते

कोल्हवी न्यूज
२०८२ श्रावण ४, आईतवार १६:११ गते

 मुग्लिन–नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि अचानक ढुंगा खस्दा तीन जना घाइते भएका छन्। तुईन खोला पुल नजिकै आइतबार बिहान भएको उक्त दुर्घटनामा कारमा सवार पाँचमध्ये पछाडिको सिटमा बसेका तीन जना गम्भीर घाइते भएका हुन्।

भारतीय नम्बर प्लेटको उक्त कारमाथि माथिबाट एक्कासी ढुंगा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेहरूलाई तत्काल उद्धार गरी अस्पताल पठाइएको छ भने उनीहरूको अवस्था गम्भीर रहेको जनाइएको छ।

घटनाको समयमा सडक क्षेत्रमा वर्षा भइरहेको र भूस्खलनको जोखिम रहेको बताइएको छ। अहिले वर्षा रोकिए पनि दुर्घटनास्थलमा जोखिम कायमै रहेको छ। चितवन प्रहरीले घटनास्थल पुगेर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*