धनुषामा करेन्ट लागेर एक महिलाको मृत्यु

कोल्हवी न्यूज
२०८२ श्रावण ४, आईतवार १५:५६ गते

धनुषामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मिथिला बिहारी नगरपालिका–६ सिर्सियाकी २८ वर्षीया रंजितादेवी यादवको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो।

घरमा कलका लागि जडान गरिएको मोटर चलाउने क्रममा करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल प्रादेशिक अस्पताल जनकपुर लगिए पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*