कपिलवस्तुमा सर्पले डसेर १४ महिने शिशुको मृत्यु

कोल्हवी न्यूज
२०८२ श्रावण १, बिहीबार १६:४७ गते

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा सर्पले डसेर १४ महिने शिशुको ज्यान गएको छ । झगरु पासवानकी छोरी सङ्गीता पासवानलाई गएराति सुतिरहेको अवस्थामा सर्पले डसेर ज्यान गएको हो ।

सर्पले डसेपछि अचेत भएकी शिशुलाई तत्काल उपचारका लागि बहादुरगञ्ज अस्पताल लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि गोरुसिङ्गे सर्पदंश उपचार केन्द्र पठाइएको थियो । उपचारका लागि केन्द्रमा लैजाने क्रममा शिशुको बाटोमै ज्यान गएकाे हाे ।

गाउँमा सर्पको आतङ्क बढ्दो भए पनि प्रभावकारी उपचार सेवाको अभावले धेरैको ज्यान जाने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*