८ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सेनाका हवल्दार पक्राउ

कोल्हवी न्यूज
२०८२ श्रावण १, बिहीबार १६:३७ गते

बालिकामाथि बलात्कार गरेको आरोपमा नेपाली सेनाका हवल्दार पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार राति ३७ वर्षीय दिपक राउतलाई पक्राउ गरेको एसपी अपिलराज बोहराले जानकारी दिए।

भक्तपुरको चाँगुनारायण घर भएका उनलाई नागार्जुनको तल्लो टौखेलबाट पक्राउ गरिएको थियो।

उनी नेपाली सेनाको शमशेर दल गण कपिलवस्तु गोरूसिंगेमा कार्यरत छन्।

उनले ८ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोप छ।

पीडितकी आमाले प्रहरी परिसरमा जाहेरी दिएपछि राउत पक्राउ परेका हुन्।

परिसरले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*