बारा प्रहरीले बैङ्किङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ

कोल्हवी न्यूज
२०८२ असार ३०, सोमबार १६:५४ गते

बारा प्रहरीले एक करोड ३२ लाख रुपैयाँको बैङ्किङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति बाराको निजगढ नगरपालिका–१ सिंगौल बस्ने ४३ वर्षीय भरत चौलागाईं हुन् ।

जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी नायब निरीक्षक खेमप्रसाद नेपालद्वारा आइतबार जारी विज्ञप्तिमा अनुसार, इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक जीवन लामिछानेको नेतृत्वमा खटिएको टोलीले गोप्य सूचनाका आधारमा चौलागाईंलाई निजगढकै गाउँघरमा घुमफिर गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

चौलागाईंविरुद्ध काठमाडौँ जिल्ला अदालत बबरमहलबाट पक्राउ पुर्जी जारी गरिएको थियो । उनलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि सिमरा विमानस्थल हुँदै काठमाडौँ प्रहरी परिसरमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका चौलागाईंमाथि बैङ्किङ कानुन अन्तर्गत ठूलो रकम संलग्न मुद्दामा संलग्नता देखिएकाले अनुसन्धान अघि बढाइएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*