धनुषाको मिथिलामा मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयो
धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका–४ रमौलमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।
दुर्घटनामा हंसपुर नगरपालिका–४ मधुकरीका ३० वर्षीय उदय राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीका अनुसार, मधेश प्रदेश–०२–००५ प ८८४२ नम्बरको मोटरसाइकल रमौलबाट ललिया जाँदै गर्दा अनियन्त्रित भई दुर्घटनामा परेको थियो। गम्भीर घाइते अवस्थामा रहेका राउतलाई तत्काल प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको हो।
हाल दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










