बाराका एक किशोर पौडी खेल्ने क्रममा डुबेर बेपत्ता

कोल्हवी न्यूज
२०८२ असार २९, आईतवार १४:३७ गते

मकवानपुरको सिम्लाङ खोलामा पौडी खेल्ने क्रममा बाराका एक किशोर डुबेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा कलैया उपमहानगरपालिका–१ निवासी १८ वर्षीय कर्ण (प्रणय) गुप्ता रहेका छन्। हाल उनी काठमाडौं माइतीघरमा बस्दै आएका थिए।

शनिबार साँझ साथीहरूका साथ घुम्न गएका प्रणय इन्द्रसरोवर गाउँपालिका–१ अन्तर्गत पर्ने सिम्लाङ खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन्। घटनाबारे जानकारी दिँदै मकवानपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामु अर्यालले उद्धार टोली परिचालन गरिएको जानकारी दिए।

घटनास्थलमा अस्थायी प्रहरी पोष्ट मार्खु, इलाका प्रहरी कार्यालय पालुङ र चित्लाङबाट खटिएको टोलीले खोजी कार्य तीव्र पारेको छ। यद्यपि समाचार तयार पार्दासम्म प्रणय फेला परेका छैनन्।

स्थानीय बासिन्दा र प्रहरीले संयुक्त रूपमा खोजी कार्य जारी राखिरहेका छन्। परिवार तथा साथीहरू उनी सकुशल भेटिएलान् भन्ने आशामा छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*