चलचित्र विकास बोर्डले देशभरका प्रदर्शकलाई बक्सअफिस तथ्यांक उपलब्ध गराउन निर्देशन
चलचित्र विकास बोर्डले देशभरका प्रदर्शकलाई अनिवार्यरुपमा बक्सअफिस तथ्यांक उपलब्ध गराउन निर्देशन दिएको छ। बोर्डले एक पत्र लेख्दै देशभरका १६६ हललाई तथ्यांक पेस गर्न भनेको हो ।
चलचित्र विकास बोर्डले गत १६ असारमा रियल टाइम बक्स अफिस व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको थियो । प्रणाली सञ्चालनमा ल्याइए पनि देशभरका हलले तथ्यांक पेस नगरेका कारण शो प्रणालीले अझै काम गर्न सकेको छ ।
त्यसैले बोर्डका अध्यक्ष दिनेश डिरीले देशभरका प्रदर्शकलाई पत्र लेख्दै तथ्यांक उपलब्ध गराउन भनेका हुन् ।
बोर्डले प्रदर्शकको छाता संस्था चलचित्र संघलाई समेत पत्र लेखेको छ ।










