शिशु र बालबालिकाको मानक उपचारका लागि पहिलो मलेरिया (औलो) खोप अनुमोदन

कोल्हवी न्यूज
२०८२ असार २४, मंगलवार १६:०६ गते

गेटी इमेजेज

शिशु र बालबालिकाका लागि मानक उपचारका रूपमा प्रयोगका लागि पहिलो मलेरिया अर्थात् औलो खोप अनुमोदन भएको छ । यो खोप केही हप्तामा अफ्रिकी देशहरूमा प्रयोगमा ल्याउने सम्भावना रहेको बीबीसीले जनाएको छ । यो खोपलाई स्वीस अधिकारीहरूले अनुमोदन गरेका हुन् ।

अहिलेसम्म साना बालबालिका र शिशुहरूलाई ठूला बालबालिकाका लागि बनाइएका खोपहरूद्वारा उपचार हुँदै आएको थियो । तर खोपको बढी मात्राका कारण साना बालबालिकाको कलेजो प्रभावित हुने जोखिम थियो ।

यो नयाँ खोप गैरनाफामुखी आधारमा ठूलो मात्रामा देशहरूलाई दिइने खबरमा उल्लेख छ । यो खोप औषधि कम्पनी नोभार्टिसले विकास गरेको हो ।

अफ्रिकामा हरेक वर्ष पाँच वर्षमुनिका ६ लाखभन्दा धेरै बालबालिकाको औलोबाट ज्यान जाने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*