अगस्टदेखि लागु हुने गरी राष्ट्रपति ट्रम्पले गरे १४ देशको सामानमा करको घोषणा

कोल्हवी न्यूज
२०८२ असार २४, मंगलवार ०७:१८ गते

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। तस्बिरः बिबिसी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्टदेखि लागु हुने गरी जापान र दक्षिणा कोरियासहित संसारका १४ देशबाट आउने सामानमा थप करको घोषणा गरेका छन्।

जापान र दक्षिण कोरियाबाट जाने सामानमा २५ प्रतिशत कर लगाइने छ। साथै उनले संसारका अन्य धेरै नेतालाई १ अगस्टदेखि नयाँ करको मापदण्ड तयार हुने चेतावनी दिइसकेका छन्।

धेरै देशको करको दायरा उनले अप्रिल महिनामा घोषणा गरे जस्तै थियो। ट्रम्पले सामाजिक सञ्जालमा करको नयाँ योजना सार्वजनिक गर्दै लेखेका छन्, ‘हाम्रो सम्बन्धमा रहेको उतारचढावसँगै यो धेरै र कम हुन सक्छ,।’

ट्रम्पले यो घोषणासँगै अमेरिकामा घरेलु उत्पादनले प्रश्रय पाउने दाबी गरेका छन्। ट्रम्पको यो दाबीका बाबजुद विश्लेषकहरूले व्यापार घट्ने तथा शेयरको बजारमा उतार चढाव आउने बताएका छन्। सोमबार टोयटाको शेयर चार प्रतिशतले घटेको छ।-वाशिङ्टन 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*