बारा कोल्हवीका युवा कैलाश मैनालिले गरे बिदेशमा अलपत्र परेकाको उद्दार
कोल्हवी:बारा कोल्हवी २ हनुमानगन्जका युवा कैलाश मैनालीको पहलमा कुवेतमा अलपत्र परेका दुई युवाको उद्वार भएको छ।
रोल्पा जिल्लाका भरत घर्ती मगर र सल्यान जिल्लाका नरेश कुमार वली रोजगारीको सिलसिलामा कुवेतमा बिगत २ बर्ष देखि काम गर्दै आउनुभएको थियो।
कम्पनीले सम्झौता अनुसारको पारिश्रमिक र सेवा सुबिधा दिन छाडेपछी साथिहरुको लहैलहैमा लागेर आको बर्ष दिनपछी आफुले काम गरिरहेको कम्पनी बाट भागी बाहिर अरुनै कम्पनीमा काम गर्न लाग्नुभयो।
काम गर्दैजादा स्वास्थ्यमा समस्या आउन थालेपछी उपचार गर्न निकै कठिन हुन थाल्यो आफुले काम गरिरहेको कम्पनीबाट भागेर काम गर्दा कुवेत लगायत खाडी मुलुकहरुको कानुन अन्तरगत अस्पतालहरुमा उपचार गर्न निकै कठिन हुन्छ उहाँहारुको हकमापनि त्यहिनै भयो।
सामान्य फार्मेसीबाट औसधि लिदै त्यही औसधि खादै बस्नुभयो तर चिकित्सकको सल्लाहबिनाको औसधिले उहाँहरुलाइ काम गरेन धेरै दुख कष्ट भोग्न बाध्य हुनुभयो।
बिशेष गरी भागेर काम गरेको हुनाले उहाँहरुले आफ्ना साथिसर्कलहरुबाट पनि भने जस्तो साथ सहयोग पाउन सक्नुभएन धेरैठाउमा हारगुहार गर्नु भयो केही सीप नलागेपछी कताकताबाट कोल्हवी २ हनुमानगन्जका युवा कैलाश मैनाली संग सम्पर्कमा आए आफ्ना सबै दुख कष्ट सुनाउदै कम्पनी छोडेर काम गर्नु निकै ठूलो भुल भयो भन्दै हारगुहार गर्न थाल्नुभयो हामिलाइ जसरीपनी नेपाल फर्काउने वातावरण बनाइदिनुपर्यो अरु एक/दुई महिना हामी यतै बस्न बाध्य भयौभने त हाम्रो लासपनी परिवारले देख्न पाउदैन होला भनेपछी कैलाश मैनालीले बारम्बार नेपाली राजदुतावास कुवेतका महामहिम श्री घनश्याम भुसाल र श्रमसहचारी श्री गिरिराज आचार्यज्युहरुसङ प्रत्यक्ष जोडिदै पिडितहरुको आवाजलाई निरन्तर घचघच्याइ रहनुभयो कयौंपटक आफै उपस्थित हुँदै निरन्तर लागिरहनुभयो विशेषगरि उहाहरु भागेर काम गरेको हुनाले समाधान निकाल्न निक्कै कठिन थियो।
भागेर काम गरेपछी कम्पनीहरुले यहाँको सरकारसमक्ष बिभिन्न उजुरीहरुपनी गर्ने गर्दछन राहदानीपनि उनिहरुलेनै राख्ने गर्दछन
यी सबै झन्झटहरुलाइ पार लगाउन निकै चुनौतीपूर्ण थियो १०/१२दिनको निरन्तरताले तमाम समस्याहरुको हल निकाल्दै दुतावासमार्फत ट्राभल डकुमेन्ट अन्तरगतको तीन महिने पासपोर्ट बनाएरमाथी देखिएका तमाम समस्याहरुलाइ पार लगाउदै अन्ततः उहाँहरुलाइ कैलाश मैनालीज्युले नेपाल फर्काउन सफल हुनुभयो।
यसअघि २०१५ देखि २०२२ को अन्तरालमा मैनालीजीले साउदिमा रहनुहुदा लगभग ६०/६२ जनाको उदार गरिसक्नुभएको थियो भने आजभन्दा ८ महिना अगाडि कुवेतमै घरेलु हिंसामा परेकी जाजरकोटकि धनमाया सिंहलाई पनि उद्घार गर्नुभएको थियो!










