रौतहटमा सशस्त्र प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ

कोल्हवी न्यूज
२०८२ असार २२, आईतवार १६:२३ गते

रौतहटको गुजरा नगरपालिका-३ मा आइतबार सशस्त्र प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । गुजराको जंगलशैया–सिम्री भित्री सडकखण्डमा खटिएको सशस्त्र प्रहरी गस्ती टोलीले चेकजाँचको क्रममा बारा निजगढ–८ का १८ वर्षीय नवबहादुर वाइवा (माइला) र १९ वर्षीय दावा योञ्जनलाई पक्राउ गरेको हो ।

उनीहरूबाट ट्रामाडोल ३०० पिस, निटाजेपाम १४० पिस, डाइजोपाम, नुफिन, फेनेरागनलगायत केही इन्जेक्सन बरामद गरिएको सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी सन्तोष बस्नेतले जानकारी दिए । पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*