हेटौँडाबाट काठमाडौं जाँदै गरेको माइक्रोबस दुर्घटना, पाँच घाइते
हेटौँडाबाट काठमाडौं जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, रातमाटेमा म.प्र. ०३–००१ ज ०५५१ नम्बरको माइक्रोबस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी विश्व खड्काले जानकारी दिए।
प्रहरीका अनुसार, दुर्घटनामा घाइते भएका पाँचजनामध्ये तीनजनाको अवस्था गम्भीर छ। माइक्रोबस सडकको घुम्तीबाट तल खसेर दुर्घटना भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










