‘राहत वितरणमै भोका प्यालेस्टाइनीमाथि गोली चल्यो’

कोल्हवी न्यूज
२०८२ असार २०, शुक्रबार ०७:१६ गते

गाजामा राहत वितरण गरेको इजरायल र अमेरिकाको संस्थामा आबद्ध पूर्व सुरक्षा सम्बन्धी ठेकेदारले गम्भीर आरोप लगाएका छन्। बिबिसीसँगको कुराकानीको क्रममा उनीहरुले राहत वितरणका लागि पुगेका संस्थाका व्यक्तिले धेरै पटक भोका प्यालेस्टाइनीमाथि गोली चलाएको आरोप लगाएका हुन्।

एक पटक राहत लिन गएकाहरू विस्तारै हिँडेको भन्दै सुरक्षा निकायले गोली चलाएको समेत उनले बताएका छन्।

गाजा ह्युमनेटेरयन फाउन्डेसन (जिएचएफ)ले भने सो आरोपलाई अस्वीकार गरेको छ। जिएचएफले आगो लागि रहेको समयमा पनि त्यसै स्थानबाट राहत लिन मानिस आउने गरेको बताए।

इजरायलले गाजामा ११ सातासम्म राहत वितरणमा अवरोध गरेपछि जिएचएफले मेको अन्त्यमा राहत वितरण सुरु गरेको थियो।

यसपछि सेनाको माझबाट नै मानिसहरू राहत लिन जाने गरेका थिए। जिएचएफले राहत वितरण सुरु गरेपछि चार सय जना प्यालेस्टाइनी राहत लिन जाने क्रममा मारिएको राष्ट्र सङ्घ तथा त्यस क्षेत्रसँग सम्बन्धित चिकित्सकले बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*