रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु

कोल्हवी न्यूज
२०८२ असार १९, बिहीबार १६:४३ गते

रौतहटको फतुवा बिजयपुर २ स्थित शितलपुरमा सोमबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३० वर्षीय रोहित साह सोनार रहेका छन्, जो खेतमा मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

घटनापछि स्थानीयहरूले उनलाई तत्काल बाराको प्रादेशिक अस्पताल, कलैया पुर्‍याएका थिए। तर, उपचारकै क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए।

मृतकको शव हाल अस्पतालमै पोस्टमार्टमका लागि राखिएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट करिब ५ किलोमिटर दक्षिणमा पर्ने बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक अनुमानअनुसार खेतमा प्रयोग गरिएको विद्युत मोटरको लाइनमा समस्या आएर करेन्ट लागेको हुनसक्ने देखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*