बारामा धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या

कोल्हवी न्यूज
२०८२ असार १९, बिहीबार ०६:३५ गते

 बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वामा घरायसी विवादको कारण श्रीमानले  धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको  हत्या गएको छ।

स्थानीय  ३५ वर्षीय बच्चा मियाँले घरेलु आफ्नी २३ वर्षीय श्रीमती सहिना खातुनलाई मासु काट्ने हतियारले टाउको र घाटीमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङले बताए।

प्रहरीका अनुसार खातुनको घटनास्थलमै मृत्यु भएको थियो ।  घटनामा संलग्न मियाँलाई  प्रहरीले प्रयोग गरिएको हतियारसहित नियन्त्रणमा लिइएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय बाराबाट इन्स्पेक्टर सुरेश राज भट्टको कमान्डमा खटिएको टोलीले अनुसन्धान कार्य अगाडि बढाइएको बारा प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डित द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*