मोटरसाईकल चोरीमा संलग्न रहेका कोल्हवीका ३ जना सहित ५ ओटा मोटरसाईकल बरामद
कोल्हवी:कोल्हवी प्रहरीले विभिन्न समयमा मोटरसाइकल चोरि भएको निवेदनका आधारमा कोल्हविकै तीन जना सहित विभिन्न कम्पनीका ५ वटा मोटरसाइकल बरामद गरेको छ।
पक्राउ पर्नेहरूमा कोल्हवी वडा न.१ का बर्ष २१ को राहुल बि.क,सोहिवडाका अर्का दुई बर्ष २३ का अर्जुन खवास र मुस्कान चौधरी रहेका छन।
केही दिन अगाडि मात्र कोल्हवी नगर भित्र बाट एकै रात उक्त मोटरसाइकलहरु हरएको र पिडितले ई.प्र.का कोल्हविमा निवेदन दिएको प्रहरी निरीक्षक रन्जन मिश्रले जानकारी गराउनु भएको छ।
प्रहरीले निवेदनका आधारमा विभिन्न कम्पनिका
प्र.२-०३-००६ प ६५१५ नम्बरको १२५ सि.सि.क्षमताको Honda Shine,
ना.४८ ५.६९७० नं. को TVS कालो रङको RTR 200,
बा.९४ प.२१४६ नम्बरको बजाज२२० सि.सि.क्षमताको निलो रङको पल्सर,
ना.६५ प. ८८६० नं. को TVS रातो कालो रङको Striker
प्रदेश २-०३-००५ प ६२२६ नं.को TVS कम्पनीको निलो रङको striker मोटरसाइकलहरु बरामद गरेको छ।उनिहरुलाई प्रहरीले आजनै थप अनुसन्धानका लागि अदालत बाट म्याद थप गरि कार्वाही प्रक्रिया अगाडी बढाईएको जारी बिज्ञाप्तिमा जनाएको छ।










