कोल्हवी वडा न.९: एक परिचय
नेपालको लोकतान्त्रिक गणतन्त्रको उदय संगै वनेको देशको नयाँ संरचना अन्तर्गत देशमा तन तहको सरकार गठन प्रक्रिया अघि बढ्यो जस अन्तरगत संघ ,प्रदेश र स्थानिय तह हो त्यही स्थानिय तह अन्तर्गत रहेर बनेको मधेस प्रदेसको आठ वटा जिल्लाहरु मध्ये बारा जिल्लाको १६ स्थानिय तह मध्ये कोल्हवी नगरपालिकाको वडा न.९ पनि एक वडा पर्द्दछ।
बाराको कोल्हवी नगरपालिका वडा न.९ कोल्हवी नगरपालिका बाट दक्षिण तर्फ पर्द्दछ।कोल्हवी नगरओआलिका संगै जोडिएको यस वडाको उत्तर तर्फ वडा न.१ कोल्हवी ,दक्षिणमा बारागढी गाउँपालिका वडा न.५ सगै जोडिएको छ भने पुर्वमा रौतहटको फतुवा- विजयपुर नगरपालिकालाई छोएको छ।यसैगरी पश्चिममा कोल्हवी नगरपालिका वडा न.११ लाई यश वडाले छोएको छ।
कोल्हवी वडा न.९ साविकको बछन्पुर्वा गा.वि.स को वडा न.४ ख अन्तर्गतको मुसहर्ना गाउँ र थस्कौल्को एक टोल पर्द्दछ भने साविकको सिहासनि वडा न.१,२ को श्रीपुर गाउँ पर्द्दछ।यसैगरी साविकको रमपुर्वा गा.वि.स को वडा न.१,२ को अडेम्वा बिर्ता र साविकको अमाव गा.वि.स को४,५ वडाको पडरी गाउँ मिलेर यस वडाको निर्माण भएको हो।
कोल्हवी व्डा न.९ को ०७९/०८० को तथ्यांक अनुसार ९११ घर धुरी सहित ६२७० जनसंख्या रहेकोमा हाल यो बढने अनुमान गरिएको छ।यश वडामा मिश्रित जाती बसोबास गर्ने गर्द्दछन जस्तै: वाहुन,क्षेत्री,नेवार,विस्वकर्मा,परियार,मुसहर,चमार,तेलि,कलवार,मुस्लिम,थारु,मण्डल,विन,मुखिया,मलाह,कुर्मी,धोबी लगाएतका जात जातिको वसोवास रहेको छ।भाषिक रुपमा यस वडामा थारु,भोजपुरी र नेपाली भाषा प्राय बोल्ने गरिन्छ।
यश वडामा शैक्षिक संस्था तर्फ मुसहर्नामा एक प्राथमिक स्कुल,अडेम्वा बिर्तामा एक प्राथमिक स्कुल र श्रीपुरमा एक प्राथमिक स्कुल गरि जम्मा तीन प्राथमिक स्कुल सन्चालनमा रहेका छन।यस वडामा वि.स २०८० वाट शान्ति सुरक्षा कायम गर्न भनी एक अस्थाई प्रहरी चौकी बरिस्ठ प्रहरी हवल्दारको कमान्डमा खटाईएको छ।
वडामा रहेका सबै प्राथमिक स्कुल र अडेम्वा बिर्ता संगै पडरिमा रहेको आधारभुत प्राथमिक स्वास्थ्य केन्द्र भौतिक रुपले सुबिधा सम्पन्न रहेका छन।वडाको सबै गाउँ र टोलमा ग्राभेल सडक देखि स्ल्याब ढलान बाटो अनि पिच बाटो पनि बनिसकेका छन।
स्ल्याब ढलान अन्तर्गत मुसहर्नाको एक टोलमा तीन सय मिटर भन्दा बढी ढलान गरिएको छ भने पडरी,श्रीपुर,अडेम्वा बिर्तामा भने केही भित्रि बाटो मात्र सल्याब ढलान गर्न बाकी रहेका छन।वि.स २०८१ बाट यश वडाको उत्तर तर्फ रहेको पडरी बिर्ता सडक खण्डलाई यस कोल्हवी नगरपालिकाको औद्योगिक ग्रामको रुपमा स्थापना गर्द्दै यश सडक लाई उद्ध्योग मन्त्रालयको बजेट मार्फत सडक पिछ गर्ने कार्य अघि बढिरहेको छ।सोही सडक खण्डमा एक उद्ध्योग सिवम फर्मास्टिकल भन्ने औषधि उद्ध्योग सन्चालनमा रहेको छ भने निकट भविष्यमानै अर्को एक चाउचाउ उद्ध्योग खुल्ने तर्खरमा रहेको जानकारी प्राप्त भएको छ।
वडामा मठ मन्दिरको रुपमा मुसहर्नामा मुसहर्ना माईको मन्दिर,पडरिमा काली मन्दिर,श्रीपुरमा रामजानकी मन्दिर र अडेम्वा विर्तामा शिव मन्दिर रहेको छ।यश वडालाई तामागढी- सिमरौनगढ सडक खण्डको करिब चार किलोमिटर सडकले पडरी देखि श्रीपुरको बारागढी गाउपालिकाको सिमाना सम्म छोएको छ।
वडामा जन्सन्ख्याको करिब नब्बे प्रतिशत भन्दा बढि मानिसहरु कृषि पेशामा आधारित रहेका छन।वडामा कृषि पेशामा आधारित रहेकाले सिचाई सुबिधाका लागि बाध,पैनी,मोटर बोरिङ बाट प्रशस्त मात्रामा सिचाई सुबिधा पुर्याईरहेको अवस्था छ।यस वडामा मुख्य गरि धान,मकै,गहु,तोरि,मुसुरो,आलस र केहिले उखु खेती गर्ने गर्द्दछन भने केहिले मात्र माछा पालन गरेको पाईन्छ।वडामा पछिल्लो केही बर्ष देखि दुग्ध ब्यबसाय पनि निक्कै राम्रो भइ रहेको देख्न सकिन्छ।
स्वच्छ खानेपानीको तथा सरसफाईमा यस वडाको मुसहर्ना र श्रीपुरमा एक- एक वटा खानेपानी बोरिङ गाडिएको छ भने यसलाई वडाको जनताको घर- घरमा भने पुर्याउन सकिएको छैन।वडा भित्र रहेका हर्क घर धुरिमा चापाकल रहेको पाईन्छ।केही घर धुरिमा शौचालय नभए पनि प्राय सबै घर धुरिमा शौचालयको व्यब्स्था रहेको पाईन्छ।
हालसम्म आईपुग्द्दा संघीय लोकतान्त्रिक गणतन्त्रको संरचनामा पहिलो स्थानिय निर्वाचनमा काङ्ग्रेसको तर्फबाट वडा अध्यक्षमा पडरी गाउँका योगेस चौधरीले बिजयी हासिल गरि वडा न.९ को प्रथम वडा अध्यक्ष बन्न सफल हुनुभएकोमा दोश्रो कार्यकालमा उनलाईनै ने.क.पा माओबादी केन्द्र बाट उम्मेद्वार बनेका दल बहादुर चौधरिले जम्मा ११ मतले पछि पार्दै वडा न.९ को दोश्रो वडा अध्यक्ष हुन सफल हुनुभएको थियो र आउदो २०८४ सम्म उहाँनै हुनुहुनेछ।
यसरी यस वडामा बसोबास गर्ने सम्पुर्ण दलित,जनजाती लगायत विभिन्न जातजाती भाषा धर्म मान्ने एक आपसमा भाईचाराको नाता सहित सौहार्द्द वातावरणमा कुनै किसिमका झै- झगडा विबाद रहित ढङले एक आपसमा अरु वडाको तुलनामा शान्तिपुर्ण तरिकाले वसोवास गर्दै आईरहेका छन।
यो फिचर लेखन कोल्हवी नगरपालिका वडा न.९ को सहयोगमा वडा अध्यक्ष दल बहादुर चौधरिको सहकार्यमा लेखिएको हो।








