पर्सामा लागुऔषध ओसारप्रसारका मुद्दा दर्तामा वृद्धि,

कोल्हवी न्यूज
२०८२ असार १६, सोमबार ०७:२७ गते

पर्सामा लागुऔषध ओसारप्रसारका मुद्दा दर्तामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको असार १२ गतेसम्मको अवधिमा जिल्लामा लागूऔषधसम्बन्धित ११४ मुद्दा दर्ता भएका छन् ।

जिल्लाको एक सय सात किलोमिटर छिमेकीमुलक भारतसँग खुल्ला सीमा जोडिएकाले पनि लागूऔषधको तस्करीसम्बन्धित गतिविधि बढेको जनाइएको छ ।

पर्साका प्रहरी प्रमुख गौतम मिश्रले चालु आर्थिक वर्षको असार १२ गतेसम्म लागुऔषध कारोबारमा संलग्न रहेको जनाउँदै स्वदेशी तथा विदेशी गरेर १५१ जनालाई पक्राउ गरेको जानकारी दिए ।

लागूऔषधको ओसारपसारमा संलग्न रहेको भन्दै ९८ नेपाली पुरुष र ६ जना नेपाली महिला पक्राउ परेका छन्,’ उनले भने, ‘सोही अवधिमा ४५ विदेशी नागरिक र दुईजना विदेशी महिलासमेत पक्राउ परेका हुन् ।’

जिल्ला प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षमा एक हजार ५६१ केजी गाँजा बरामद गरेको छ । त्यस्तै ६२५ केजी चरेश, ३८४ ग्राम खैरो हिरोइन र साढे एक केजी अफिम बरामद गरेको छ ।

यसैगरी, फेनारगन एक हजार चार सय ३३ एम्पुल, डाइजेपाम चार हजार चार सय ९९ एम्पुल, नुरफिन चार हजार चार सय ६४ एम्पुल बरामद गरेको छ । त्यस्तै ट्रामाडोल दुई लाख ८९ हजार दुई सय ७४ ट्याब्लेट बरामद गरेको छ । (रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*