सप्तरीको राजगढ गाउँपालिकामा युवाको घाँटी रेटेर हत्या

कोल्हवी न्यूज
२०८२ असार १३, शुक्रबार १६:०७ गते

सप्तरीको राजगढ गाउँपालिका–४ प्रिपाहीमा बिहीबार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन्। ३२ वर्षीय राजकुमार खंगको घाँटी रेटिएको अवस्थामा शव भेटिएको हो। डाक्नेश्वरी नगरपालिका–८ निवासी खंगको शव बिहान ८ बजेतिर स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको निमित्त प्रहरी प्रमुख डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिएका छन्। शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको छ।

घटनाको प्रकृति हेर्दा योजनाबद्ध हत्या हुनसक्ने अनुमान गरिएको छ। अपराध अनुसन्धानलाई तीव्र बनाउँदै मधेस प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा खटाइएको प्रहरीले जनाएको छ।

सप्तरीमा पछिल्ला दिनहरूमा यस्ता घटनाहरू दोहोरिँदा स्थानीयबासी त्रसित बनेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*