बाराको पथलैयाबाट लागू औषध चरेससहित एक व्यक्ति पक्राउ

कोल्हवी न्यूज
२०८२ असार १२, बिहीबार १४:०३ गते

लागू औषध चरेससहित बाराको पथलैयाबाट एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थायी घर भई हाल बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ सिदरीया टोलमा बसोबास गर्दै आएका ५६ वर्षीय बच्चु कुमार बुढाथोकी रहेका छन्।

नारायणघाटबाट वीरगञ्जतर्फ गइरहेको ना ५ ख ८१०१ नम्बरको यात्रुबाहक बसलाई प्रहरीले पथलैयामा रोकेर चेकजाँच गर्ने क्रममा बुढाथोकीले सिटमा राखेको झोलाबाट १ किलो ९३३ ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक ९डीएसपी० विजयराज पण्डितले जानकारी दिए।

चरेससँगै बुढाथोकीको साथबाट नेपाली ६० हजार ५ सय रुपैयाँ र भारतीय ३९ हजार २ सय १७ रुपैयाँ नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका बुढाथोकीलाई लागू औषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*