इरानले आफ्ना थप एक वरिष्ठ सैन्य अधिकारीको मृत्यु भएको पुष्टि

कोल्हवी न्यूज
२०८२ असार १२, बिहीबार ०६:४७ गते

तस्बिरः सिएनएन

तेहरान –इरानले आफ्ना थप एक वरिष्ठ सैन्य अधिकारीको मृत्यु भएको पुष्टि गरेको छ।

इरानले बुधबार मेजर जनरल अलि सदमानीको ज्यान गएको पुष्टि गरेको हो। खत्तम अल अन्बिया केन्द्रीय हेड क्वार्टरको कमान्डरको रूपमा काम गरेका उनी गत साता इजरायली आक्रमणबाट घाइते भएका थिए।

१३ जुनमा दिन इजरायलले इरानमा गरेको आक्रमणमा धेरै कमान्डरको ज्यान गएपछि उनले सो जिम्मेवारी पाएका हुन्।

उक्त आक्रमणमा घालोप अल रसिद लगायतको ज्यान गएको थियो। खत्तम अल अन्बिया हेड क्वार्टरले इरानको सेना र राष्ट्रिय सुरक्षा गार्ड बीचमा समन्वय गर्ने काम गर्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*