हुण्डी कारोबारमा संलग्न एक भारतीय नागरिक बीरगन्जबाट पक्राउ

कोल्हवी न्यूज
२०८२ असार ९, सोमबार १३:२० गते

हुण्डी कारोबारमा संलग्न एक भारतीय नागरिकलाई प्रहरीले बीरगन्जबाट नगदसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहार राज्यको मोतिहारी जिल्लाको रक्सौल थाना क्षेत्र निवासी ५० वर्षीय प्रभु साह रहेका छन्। उनलाई असार ६ गते दिउँसो करिब १:३० बजे वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकबाट पक्राउ गरिएको हो।

ईनर्वा प्रहरी चौकीबाट खटिएको गस्ती टोलीले नियमित चेकजाँचका क्रममा साइकलमा सवार साहलाई रोकेर खानतलासी गर्दा झोलाभित्र लुकाइएको नगद तीन लाख ४६ हजार रुपैयाँ बरामद भएको थियो। बरामद रकममध्ये हजार रुपैयाँका ३४४ थान र सयका २० थान नोट रहेका छन्।

प्रहरीका अनुसार साहले भारतबाट नेपालतर्फ अवैध रूपमा रकम भित्र्याएको आशंका गरिएको छ।

उनविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५(क) अन्तर्गत हुण्डी कारोबारसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको पर्सा प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*