कैलाश गाउँपालिकाका अध्यक्षसहित ६ जनाविरुद्ध अख्तियारको मुद्दा

कोल्हवी न्यूज
२०७८ आश्विन १५, शुक्रबार २१:३१ गते

मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मोक्तानसहित ६ जना विरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७५/०७६ मा युवा क्षमता विकास तालिम र आधारभुत पत्रकारिता तालिम कार्यक्रम संचालन गर्दा काम बाहेक बढी रकम भुक्तानी गरेको उजुरीको आधारमा अख्तियारले कार्वाहीका लागि मुद्दा दायर गरेको जनाएको छ ।

अध्यक्ष मोक्तान र कार्यक्रम संचालन गर्ने फिलिंगो मिडियाका संचालक राम कुमार रिजाल, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखापरीक्षक त्रिलोक थापामगरर सामाजिक विकास अधिकृत मोहनप्रसाद पौडलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

६ जनाले भ्रष्टाचार गरेको पुष्टि भएपछि अख्तियारले जनही २ लाख ६० हजार ९ सय रुपियाँ बिगो दाबी गर्दै भ्रष्टाचारविरुद्धको सजाय हुन माग दाबी गर्दै आज विशेष अदालतमा आरोपपत्र दायर गरेको प्रवक्ता नारायण प्रसाद रिसालले बताउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*