रौतहटमा करेन्ट लागेर गर्भवती महिलाको मृत्यु

कोल्हवी न्यूज
२०८२ असार ४, बुधबार १८:४८ गते

रौतहट:रौतहटमा करेन्ट लागेर एक जना गर्भवती महिलाको मृत्यु भएको छ । जिल्लाको राजपुर नगरपालिका वडा नम्बर ३ डमार पोखरीयामा करेन्टन लागेर ज्यान गएको पिडित परिवारले जानकारी दिनु भयो ।

मृत्यु हुनेमा सेख सपुरको ३५ वर्षकी छोरी तथा मतिहुलाको श्रीमती गुल्नाज खातुन रहेको जनाएको छ । मृत्क खातुनको पेटमा रहेको बच्चाको समेत ज्यान गएको प्रादेशिक अस्पताल गौरले जनाएको छ ।

करेन्ट लागेपछि खातुन गम्भीर भएका थिएन । उलाई प्रादेशिक अस्पताल गौरमा पुगाउडा चिकित्सकले मृत घोषणा गरेको थियो ।

मृतक माहिलाकी बुवाले दिएको जानाकरी अनुसार बुधबार दिउसो साढे ३ बजेको समयमा आफ्नै घरमा मोबाइल चार्जमा लगाउन जाँदा करेन्ट लागेर ज्यान गएको छ । उनका अनुसार १५ वर्ष अघि मुसलिम परम्परागत विवाह भएको थियो । उनको तिन छोरा छोरी रहेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*